नालीमा डुबेर एक जनाको मृत्यु

१० असार २०७९, शुक्रबार मा प्रकाशित

झापा।

झापाको गौरादह नगरपालिका–९ बैगुनधुरा स्थित सडक छेउको नालीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४१ बर्षीय बुध्दराम हेमरन घरबाट काम गर्न भनेर हिडेकोमा बेलुकासम्म घर फर्किए पछि आफन्तले खोलतलास गर्ने क्रममा घर नजिकै रहेको सडक छेउमा रहेको नालीको पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए ।

मृतकको शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाईएको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here