एमाले अध्यक्ष प्रति लक्षित गरेर शङ्कास्पद वस्तु राखेको प्रति नेकपा एसद्वारा भत्सर्ना

0
270

बिर्तामोड ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष दीपक कार्कीको घरलाई लक्षित गरी विष्फोटक पदार्थ राखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजवादी झापाका अध्यक्ष वेदराज रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘अराजनीतिक र कायरता पूर्ण कार्यको जति नै विरोध गरे पनि कम हुन्छ । हाम्रो पार्टी यस्तो निन्दनीय कार्यको घोरभत्सर्ना गर्दै दोषीलाई चाडोभन्दा चाडो कारवाहीको दायरामा ल्याउन प्रशासन समक्ष माग गर्दछ ।’

एमाले अध्यक्ष कार्कीको घरमा आज बिहान शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु बम हुनसक्ने आशंकामा नेपाली सेनाले डिस्पोज गरे पनि बम नभएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here