भारत विश्वको पहिलो धान निर्यातकर्ता देश

११ असार २०७९, शनिबार मा प्रकाशित

काठमाण्डौं । 

भारत विश्वमा धान–चामलको सबैभन्दा ठूलो निर्यातक मुलुक हो । समृद्ध मध्यपूर्वी मुलुकहरु साउदी अरब, युएईदेखि विकासोन्मुख अफिकी मुलुकहरु घाना, बेनिनसम्मले भारतकै धान प्रयोग गर्छन् ।

चीनले समेत केही वर्षदेखि भारतबाट धान आयात गर्न थालेको छ । हाल भारत चीनलाई धान निर्यात गर्ने सबैभन्दा ठूलो एकल मुलुक हो । यस अर्थमा भारतको धान नीतिको असर विश्वभर हुनेछ ।

युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वव्यापी खाद्यान्न संकट आउनसक्ने विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । भारतले गत महिना गहुँ निर्यात रोकेपछि विश्वभर तरङ्ग आएको थियो । अहिले केही मानिस भारतले विश्वको आधा जनसंख्याको प्रमुख खाद्यान्न धानको निर्यातमा पनि बन्देज लगाउने हो की भनेर भयभित हुन थालेका छन् ।

अमेरिकी कृषि मन्त्रालयले यो वर्ष धानको उत्पादन र माग दुवैले नयाँ विश्व कीर्तिमान छुने प्रक्षेपण गरेको छ । भारतमा पनि धान उत्पादन र उपभोग दुवै बढ्ने विज्ञहरुले अनुमान गरेका छन् । कृषि विज्ञहरु भने भारतको खाद्यान्न उत्पादनको प्रक्षेपण त्यति विश्वसनीय नरहेको बताउँछन् । भारतको खाद्यान्न उत्पादन राम्रो हुन राम्रो झरी पर्नु पर्छ । भारतले विगतमा परिस्थिति प्रक्षेपण अनुसारको झरी नपरेपछि उसको खाद्यान्न उत्पादनको प्रक्षेपण पनि बदलेको दृष्टान्त छ। ।

अघिल्लो वर्ष भारतले यो वर्षको लागि गहुँको राम्रो उत्पादन हुने प्रक्षेपण गरेको थियो, जुन गलत ठहरिएपछि अहिले उसले भनाई बदल्यो । तर भारतको धान निर्यातकर्ताहरुको छाता संगठन ‘अल इण्डिया राइस एक्सपोर्टर एसोसियसन’का कार्यकारी निर्देशक विनोद कौलले धान निर्यातको प्रतिबन्ध हुने सम्भावना नरहेको बताए ।

‘सरकारले अहिले नै त्यस्तै नियन्त्रण लागु गर्ने संकेत गरेको छैन । धान उत्पादनको प्रक्षेपण आशाप्रद रहेको र सरकारको भण्डारणमा पनि हालसम्मकै उच्च धान रहेकाले भारतलाई अहिले नै प्रतिबन्धको आवश्यकता छ जस्तो लाग्दैन ,’ कौलले भने ।

भारतसँग तत्काल ३.३ करोड मेट्रिक टनको धान भण्डार उपलब्ध छ, जुन सन् २०१६ यताकै उच्च रहेको फुड कर्पोरेसन अफ इण्डिया(एफसीआई)को तथ्याकंले देखाउँछ । एफसीआईले किसानसँग खाद्यान्न किनेर सरकारले विपन्नलाई बाढ्न निर्माण गरेको सार्बजनिक वितरण प्रणालीमा भण्डार गर्छ । भारत सरकारले झण्डै ८० करोड मानिसलाई सहुलियतको खाना प्रदान गर्ने गरेको छ ।

गहुँको उत्पादन घटेपछि सरकारले विपन्नलाई अतिरिक्त धान दिन थालेको छ । यसले धान निर्यातमा असर गर्ने नयाँ दिल्लीस्थित एमबेड्कर विश्वविद्यालयकी विकास अर्थशास्त्री दीपा सिन्हा बताउछिन् । भारतमा चामलको मुल्य उलेख्य रुपले बढ्न थालेको छ । मे महिनामा धान चामलको होलसेल मूल्य १५.९ प्रतिशतले बढेको थियो ,जुन बाँकी बजारको महँगी दर भन्दा उच्च हो ।

सन् २००८ मा भारतले बढ्दो महँगी नियन्त्रण गर्नको लागि बासमतीबाहेकका धान–चामलको निर्यात प्रतिबन्ध लगाएको थियो । त्यसबेला पनि उसले बासमती चामलको निर्यात भने रोकेको थिएन । लामो दाना हुने र पकाउने बेला बास्न आउने बासमती चामल अन्य चामलभन्दा महगो पर्ने भएको यसलाई बहुसंख्यक भारतीयको पहुँचभन्दा बाहिरको खाद्यान्न मानिन्छ । भारतमा उत्पादन हुने बासमती चामल मुख्यत अरबी मुलुकहरुमा निर्यात हुन्छ ।

सन् २०१० मा बल्ल धान–चालममाथिको निर्यात प्रतिबन्ध हटाइएको थियो । यदी भारतले घरेलु बजारमा धान–चामलको उच्च मुल्य घटाउनको लागि गैर–बासमती चामलको निर्यातमा पुन प्रतिबन्ध लगायो भने खाद्य असुरक्षाको जोखिममा रहेका अफ्रिकी मुलुकहरु सबैभन्दा बढि प्रभावित हुनेछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here