लिम्बुवानको भावना विपरित प्रदेश १ को नामाकरण गरिए बिद्रोह गर्ने पालुङ्गाको चेतावनी (भिडियो सहित)

११ असार २०७९, शनिबार मा प्रकाशित

झापा, संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ्ग पालुङ्वाले लिम्बुवानको भावना विपरित प्रदेश १ को नामाङ्कन गरिए बिद्रोह गर्ने बताउनु भएको छ ।
आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै लाखौं लिम्बुवानवासी जनताको आन्दोलन प्रति अघात आस्था , समपर्ण, सद्भाव एवम् ऐकेवद्धता रहेको लिम्बुवान स्वेत राज्य प्राप्तिको आन्दोलनको भावना विपरित प्रदेश १ को नामाकरण गरिए ठूलो बिद्रोह हुने अध्यक्ष पालुङ्वाले बताउनुभयो ।
लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलनलाई तत्कालीन नेपाल सरकारले २०६४ साल चैत ६ गते पाँच वुँदे सहमति गरी निस्तेज गरेको र आफूहरु अहिलेसम्म चुप लागेर बसेको बताउँदै अध्यक्ष पालुङ्गाले भन्नुभयो – ‘ संविधान सभाबाट लिम्बुवान स्वायत्त राज्य सुनिश्चित हुने गरी सरकारसंग हामीले ६ चैत २०६४ मा पाँच वुँदे सहमति ग¥यौ तर अहिलेसम्म सहमति कार्यन्वयन हुन सकेको छैन ।’
विगतको सहमतिलाई लत्याउँदै प्रदेश १ को नामाकरणका विषयमा राजनीतिक दल , नेता तथा सांसदहरु अघि बढे भविश्वमा महंगो मूल्य चुकाउनु पर्ने उहाँको चेतावनी छ ।
मुलुकमा बढी रहेको महंगी , भ्रष्टचार, बलात्कार, वेतिथि, कुशासन, तथा अमेरिकी अरियोजना एमसीसी र एसपीपी बारे हाम्रो पार्टी कडा आलोचना गर्छ पत्रकार सम्मेलनमा अध्यक्ष पालुङ्वाले भन्नुभयो ।

पत्रकार सम्मेलनमा लिम्वुवान पार्टी नेपालका वरिष्ठ नेता बीर नेम्वाङ्ले समेत धारणा राख्नु भएको थियो । उहाँले लिम्बुवान राज्यमा याक्खा, याम्फु, लोहरुङ, आठपहरिया, लेप्चा, कोच, धिमाल, संथाल, लगायतका गैर भौगोलिक स्वयत्तता र विशेष क्षेत्रहरु संविधानत व्यवस्था हुने बताउँदै लिम्बुवान आन्दोलनसंग जोडिएका राजनीतिक दल, सामाजिक संघ संस्था , वुद्धिजीवी,पेशाकर्मी सहित सबैलाई लिम्बुवान स्वयत्त राज्य स्थापना गर्ने आन्दोलनमा सहभागी हुन आवहान गर्नुभयो ।
विगतका वर्षदेखि नै अरुण पूर्वका नौ जिल्लालाई छुट्टै लिम्बुवान राज्य प्रप्तिको माग गर्दै क्षेत्रीय पार्टीका रुपमा स्थापित संघीय लिम्बुवान पार्टी आन्दोलनरत छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here