झापाको १४ स्थानीय तहको बजेट ११ अर्ब २७ करोड, शिवसताक्षीले गरेन बजेट सार्वजनिक

१२ असार २०७९, आईतवार मा प्रकाशित

झापा।

शिवसताक्षी नगरपालिका बाहेक झापाका १४ वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । १४ पालिकाले सार्वजनिक गरेको बजेट ११ अर्ब २७ करोड रहेको छ ।

जिल्लाका १४ पालिकाले नगर तथा गाउँसभाबाट आगामी आर्थिक बर्ष २०७९÷ ०८० का लागि अनुमानित आय–व्ययसहितको बजेट सार्वजनिक गरेका हुन् ।

अन्तरसरकारी वित्त हस्तान्तरण ऐन अनुसार स्थानीय तहले असार १० सम्ममा बजेट पेश गरिसक्नुपर्ने बाध्यकारी प्रावधान छ । सोही प्रावधानमा रही १४ वटा पालिकाले बजेट सहित नीति कार्यक्रम सार्वजनिक गरेका हुन् । तर, शिवसताक्षी नगरपालिकाले असार १० मा बजेट विनाको नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेको छ ।

झापाका १५ स्थानीय तहमध्ये सबैभन्दा धेरै बजेट दमक नगरपालिकाको रहेको छ । यो नगरले एक अर्ब ६३ करोडको बजेट सार्वजनिक गरेको हो । त्यस्तै सबैभन्दा कम बजेट हल्दिवारी गाउँपालिकाको रहेको छ । यो पालिकाले ४६ करोड ४३ लाखको बजेट असार १० गते सार्बजनिक गरेको हो ।

शिवसताक्षी नगरपालिकाले १६ असारभित्र बजेट ल्याएर पास गरिसक्ने योजना रहेको जनाएको छ । ‘समय अभाव रह्यो बजेटमा केही तलमाथि गर्नुपर्नेछ– नगरप्रमुख मेघाहाङ थोप्राले पूर्वाञ्चलसँग भने– ‘हामी १६ गतेसम्म बजेट ल्याएर पारित गरी सक्छौं ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here