पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

१२ असार २०७९, आईतवार मा प्रकाशित

धनकुटा।

धनकुटा नगरपालिका–६ मा रहेको एग्रो टुरिजम एण्ड फन भ्याली प्रालिको क्षेत्र भित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

उक्त पोखरीमा पौडी खेल्न गएका स्थानीय १४ बर्षीय उदय राई र धनकुटा नगरपालिका–५ का १५ बर्षीय सोनिम राई पौडी खेल्ने क्रममा डुबेर घाईते भएका थिए ।

घाईते भएका दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here