मोरङमा गाँजा सहित एक जना पक्राउ

१२ असार २०७९, आईतवार मा प्रकाशित

मोरङ।

मोरङको बुढिगंगा गाउँपालिका–६ घेरावनीबाट लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाईकलमा गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाईकलमा जेब्रा झोलामा प्याक गरेर लैजाँदै गरेको अवस्थामा ८ केजी गाँजा बरामद भएको थियो ।

मोटरसाईकलबाट गाँजा बरामद भए संगै मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका–३ का ४५ बर्षीय नेत्र भट्टराईलाई पक्राउ गरेको छ ।

गाँजा सहित पक्राउ भट्टाराईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here