जनरल इन्स्योरेन्सले दियो मनषा थाइफुड्सलाई ५ करोड ५० लाख

१२ असार २०७९, आईतवार मा प्रकाशित

झापा, पाँच महिना अघि आगलागी भएर ध्वस्त भएको चाउचाउ उत्पादक कम्पनी मनषा थाइफुड्सलाई जनरल इन्स्योरेन्स कम्पनीले बिमा रकम हस्तान्तरण गरेको छ ।
कम्पनीका बिर्तामोडका मेनेजर द्रोणराज भट्टराई ( राजेश ) ले पाँच करोड ५० को चेक हस्तान्तरण गरेका हुन् । उद्योगका सञ्चालक ओमप्रकाश अग्रवाललाई बिमा बापत पहिलो पटकको रकम हस्तान्तरण गरिएको जनरल इन्स्योरेन्स बिर्तामोडले जनाएको छ। अहिले हस्तान्तरण गरिएको रकम क्षतिपूर्तिको पेश्की बापतको भएको प्रमुख भट्टराईले बताए ।
झापा मेचीनगर नगरपालिका –१४ दुवागढीमा रहेको मनषा चाउचाउ उद्योगमा गत माघ २९ गते आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको थियोे। आगलागीबाट ४३ करोड २५ लाखको क्षति भएको दाबी गरिएको छ। मनषा थाइफुड्स पूर्वकै ठूलो र झापाको एकमात्र चाउचाउ उद्योग हो। मनषा थाइफुड्सले मगमग, अकबरे लगायतका चाउचाउ उत्पादन गर्दै आएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here