‘दुव्र्यवहार गरेको प्रमाणित भए माफी माग्न तयार छु’

१३ असार २०७९, सोमबार मा प्रकाशित

बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले आफूले बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईलाई दुव्र्यवहार नगरेको बताएका छन् ।

उनले आफूले व्यवसायीको मागलाई नगरपालिका समक्ष राख्दा केही व्यक्ति तथा सञ्चारमाध्यमले दुव्र्यवहार गरेको भन्ने आरोप लगाएको भन्दै उक्त आरोप निराधार रहेको उल्लेख गरे । पूर्वाञ्चलसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष न्यौपानेले भने– ‘मेयर सावको कोठामा भएको सीसी क्यामेराको फुटेज हेरौं, मैले कुनै दुव्र्यवहार गरेको रहेछु भने सार्वजनिक स्थानमा माफी माग्न तयार छु ।’

आफूले गर्दै नगरेको आरोप लगाएर आफ्नो चरित्र हत्या गर्ने प्रयत्न गरेको न्यौपानेको भनाइ छ । सर्वपक्षीय छलफलमा नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराईसँग सामान्य भनाभन भए पनि हातपात गर्न खोज्यो भन्नु लज्जाको कुरा भएको न्यौपानेको भनाइ छ ।

केही सञ्चारमाध्यमले आफू अनुकूल समाचार प्रकाशन गरेको भन्दै उनले आफूलाई एकपटक पनि यस विषयमा नसोधी समाचार प्रकाशन तथा प्रशारण हुनु दुःखको कुरा भएको उल्लेख गरे । निराधार आरोप लगाएर चरित्र हत्या खोजेको भन्दै न्यौपानेले दुःख व्यक्त गरे ।

उनले आफूबाट कसैलाई पनि दुव्र्यवहार नभएको स्पष्ट पार्दै त्यस दिनको सीसी क्यामेराको फुटेज हेर्न अनुरोध समेत गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here