खुदुनावारी स्वास्थ्य चौकीमा परिवार नियोजनका पाँच साधन सुनिश्चित

१३ असार २०७९, सोमबार मा प्रकाशित

झापा ।

उत्तरी झापाको खुदुनावारी स्वास्थ्य चौकीलाई परिवार नियोजनका पाँच अस्थायी साधन सुनिश्चितता भएको स्वास्थ्य संस्था घोषणा गरिएको छ ।

स्वास्थ्य संस्थामा आइतवार आयोजित समारोहकाबीच अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले परिवार नियोजनका पाँच आधुनिक साधन सुनिश्चितता भएको स्वास्थ्य चौकी घोषणा गरेकी हुन् ।

योसँगै अर्जुनधारा स्वास्थ्य चौकीमा अब परिवार नियोजनका अस्थायी साधनहरु कण्डम, पिल्स, डिपोप्रोभेरा, इम्प्लान्ट, आयुसीडी १२ महिना उपलब्ध हुने स्वास्थ्य संस्थाका प्रमुख लक्ष्मण साहले जानकारी दिए ।

अर्जुनधारा नगरपालिका वडा नं. ३का वडाध्यक्ष सीताराम भट्टराईको अध्यक्षता कार्यक्रममा भएको थियो । सो कार्यक्रममा अर्जुनधारा स्वास्थ्य शाखाकी नर्सिङ इञ्चार्ज दुर्गा चापागाँईसहितले शुभकामना मन्तव्य राखेका थिए भने प्रमुख साहले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए । पाँच आधुनिक परिवार नियोजनका साधनहरुमध्ये पछिल्लो समय महिलाले इम्प्लान्ट, आयुसीडी बढी रुचाएको बताइन्छ ।

इम्प्लान्ट पाखुरामा राखिन्छ यसले पाँच बर्षसम्म गर्भ निरोधकको काम गर्छ भने आयुसीडीले पाठेघरमा राखिन्छ । यसले १२ बर्षसम्म परिवार नियोजनका लागि काम गर्दै आएको छ । कार्यक्रमको सञ्चालन सिनियर अनमी धर्मादेवी शेर्माले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here