मोरङमा गाँजा सहित तीन जना पक्राउ

१३ असार २०७९, सोमबार मा प्रकाशित

मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिका–५ बुढिपुलबाट लागूऔषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका–८ का ३० बर्षीय सुरेन्द्र राई , २९ बर्षीय मिलन राई र २९ बर्षीय बाला राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको गाँजा आठ किलोग्राम बरामद गरिए पश्चात उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here