कनकाई क्याम्पसमा ६ दिने तालिम

१३ असार २०७९, सोमबार मा प्रकाशित

सुरुङ्गा ।

कनकाई बहुमुखी क्याम्पस, सुरूङ्गाको आयोजना र युजिसी नेपालको सहयोगमा शिक्षण विधिसम्बन्धी ३ दिवसीय र अनुसन्धानसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

दुवै तालिममा सो क्याम्पसका सबै प्राध्यापकहरू र झापा, मोरङ तथा इलामका सामुदायिक क्याम्पसका गरी १ सय १० जना प्राध्यापकको सहभागिता रहेको थियो । असार ४, ५ र ६ गते शिक्षण विधिसम्बन्धी पुनर्ताजगी तालिम र असार १०, ११ र १२ गते अनुसन्धानसम्बन्धी तालिम सम्पन्न भएको थियो ।

शिक्षण विधिसम्बन्धी तालिममा डा. महानन्द चालिसे, डा. गङ्गाराम गौतम तथा कनकाई क्याम्पसका प्राध्यापकहरू क्याम्पस प्रमुख विकासप्रसाद उप्रेती, जीवनाथ सुवेदी, तमन न्यौपाने र रूद्रबहादुर थापाले सहजीकरण गरेका थिए । त्यस्तै, अनुसन्धानसम्बन्धी तालिममा प्रा. डा. बिनोद लुइँटेल, डा. अशोक झा र डा. जीवन खडका तथा कनकाई क्याम्पसका सहायक प्राध्यापक योन्देन सुनुवारले सहजीकरण गरेका थिए ।

उच्च तहको शिक्षामा गुणस्तरीय शिक्षाका प्राध्यापकहरूका लागि पेसागत क्षमता अभिवृद्धि गर्ने, अनुसन्धानका माध्यमद्वारा शिक्षणलाइ गुणस्तरीय बनाउने र अन्तरक्याम्पस सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ तालिमहरू सञ्चालन गरिएको कनकाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रकाश चुडालले जानकारी दिए ।

उक्त तालिमहरूमा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य र उपमेयर आशा शर्मा शिवाकोटीको विशेष आतिथ्य रहेको थियो । कक्षाकोठामा आधुनिक प्रविधिहरूको प्रयोग गर्ने ज्ञान र सिपमा सुधार, एक्काइसौँ शताब्दी अनुकूलको शिक्षण विधिहरूको उपयोग गर्ने सिपको प्राप्ति, शिक्षणलाई अनुसन्धानसँग सम्बन्ध जोड्ने सक्षमतामा सुधार, अनुसन्धानमूलक लेख तथा लघु अनुसन्धानसम्बन्धी प्रकृयाको ज्ञान र अभिवृत्तिमा सुधार लगायतका विषयमा तालिम केन्द्रित थिए ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले क्याम्पसको समग्र विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कनकाई क्याम्पसका सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान व्यवस्थापन तथा प्रकाशन एकाइका प्रमुख शेरबहादुर बानियाँले यस तालिमबाट प्राध्यापकहरूमा अनुसन्धानात्मक क्रियाकलापप्रति जागरुकता बढ्ने र क्युएए प्राप्तिमा थप सहयोग पु¥याउने अपेक्षा गरिएको बताए ।

विशेष अतिथि कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष रोशन सुवेदीले कनकाई क्याम्पसलाई नैतिक, भौतिक र आर्थिक सहयोग गर्ने बताएको सो कार्यक्रममा कनकाई जर्नल नामक अनुसन्धानात्मक लेखसङ्ग्रहको विमोचन समेत गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here