अर्जुनधारा नगरपालिका ५ लाई लागू औषध मुक्त क्षेत्र बनाउने अभियान शुरु

१३ असार २०७९, सोमबार मा प्रकाशित

झापा, झापाको अर्जुनधारा नगरपालिका ५ लाई लागू औषध मुक्त क्षेत्र बनाउने अभियान शुरु भएको छ ।
जसका लागि विद्यालय स्तरमा लागू औषध सचेतना अभियान शुरु गरिएको छ ।

यसै क्रममा अर्जुनधारा ५ स्थित भानु माध्यमिक विद्यालयमा लागू औषध सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो । वडाध्यक्ष गीताराज खड्का (हरि)को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको अध्यक्षता कौशल भण्डारीले गरेका थिए ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयस्तरबाटै लागू औषध सचेतना शिक्षा प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भण्डारीले बताए । भण्डारी लागू औषध न्यूनीकरण समितिका संयोजक हुन् ।
लागू औषध पुनस्थापना केन्द्रका केन्द्रीय सदस्य भक्ति सिटौलाले कार्यक्रमको सहजीकारण गरेका थिए । लागू औषध न्यूनीकरण समितिका सचिव उज्जल मिश्रले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यपक रुपक दाहाल प्रहरी चौकी शनिश्चरेका वरिष्ठ हवल्दार वेनु बास्कोटा लगायतले बोलेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here