गौरीगञ्जका अधिकांश बस्तीहरु डुबानमा

१४ असार २०७९, मंगलवार मा प्रकाशित

झापा ।

कमल–बनयानी खोलामा आएको बाढीका कारण झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ बस्तीहरु डुबानमा परेका छन ।

निर्माणाधिन हुलाकी राजमार्ग आसपासका बस्तीहरु बढी डुबानमा परेका हुन । कुञ्जीबारीबाट धनगाढा जाने बाटोमाथिनै खोला बगेपछि बाटो क्षतिग्रस्त भएको छ । त्यहाँको आवतजावतनै बन्द हुने अवस्था आएको वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

त्यसैगरी साविक महाभारा १ र टुनुबस्ती आसपासका क्षेत्रमा पनि दर्जनौं घरहरु खोलाको डुबानमा परेका छन । ति घरबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ ।

हुलाकी मार्गमा पूल तथा कल्भर्टहरु निर्माण गर्दा पानीको पर्याप्त निकास हुने व्यवस्था नमिलाइएका कारण सो खोलाको आसपास चौरी, धनगाढा लगायतका बस्तीहरु डुबानमा परेका स्थानीयहरुको भनाई छ ।

त्यसैगरी कमल बनियानी खोलामै आएको बाढीले शिवसताक्षी ४ मा नव निर्मित आर्यघाटमा क्षति पुगेको छ भने रोपाईँको लागि तयारी अवस्थामा राखिएको धानको बिउ र खोतीयोग्य जमिन कटान गरि बगाएको छ । स्थानीयबासीहरुका अनुसार त्यहाँस्थित कमल बनियानी खोलामा ३० बर्ष यताकै ठुलो बाढी आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here