भद्रपुरमा कल्भर्ट भत्किदा सडक अवरुद्ध

१५ असार २०७९, बुधबार मा प्रकाशित

भद्रपुर । 

अविरल वर्षाका कारण भद्रपुरमा कल्भर्ट भत्किदा सडक अवरुद्ध भएको छ ।

भद्रपुर नगरपालिका- १० स्थित देउनियाँ उत्तर बरगाछीटोल हुँदै सेन्टकुजुर जोड्ने सडक खण्डको कल्भर्ट मङ्गलवार भत्किएको हो ।

खोलामा आएको बाढीका कारण सडकले कल्भर्ट जोडने दुवै पट्टीको भाग छाडिदिएको छ । जसकारण यातायात अवरुद्ध भएकोले त्यहाँका स्थानीयले सास्ती झेल्नु परेको छ ।

अविरल वर्षाका कारण नगर क्षेत्रका अधिकांश सडकहरू पनि ठाउँ-ठाउँमा भत्किन र चर्किन थालिसकेको स्थानीयले बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here