चन्दा सहयोग भन्दै ठगी गर्ने दुई ब्यक्ति पक्राउ

१५ असार २०७९, बुधबार मा प्रकाशित

बिर्तामोड । 

विरामीको उपचारमा सहयोगको बहना गर्दै घर–घरमा चन्दा उडाउदै हिड्ने ब्यक्तिलाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् ।

विभिन्न बहाना बनाएर गठी गर्ने गिरोह सक्रिय भइरहेका बेला झापाको अर्जुनधारा–६ पशुपति टोलका स्थानीयले उदयपुरको वेलाका नगरपालिका– ४ खगेन्द्र बिक र वेलाका नगरपालिका–५ का विकाश बिकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनरमनीको जिम्मा लगाएको पत्रकार टीकाराम नेतिले जानकारी दिए ।

उनीहरुले जीवन उद्धार परोपकार फाउण्डेशनको नाममा रेनिशा थापा मगर बचाउ अभियान नामक रसिद काट्दै सहयोग माग्दै हिड्ने गरेको पाइएको छ । बिरामीको नाम बेचेर दिनभरी रकम असुली गर्ने यस्ता गिरोह नै सक्रिय रहेको आशंकामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

यसैबीच पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापाबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान शुरु गरेको जनाइएको छ । कहिले बिरामीलाई सहयोगको बहाना त कहिले बाढी पिडितलाई राहत र उद्धारका लागि सहयोग भन्दै ठगी गर्ने समुह विभिन्न स्थानमा परिचालित हुने गरेको पाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here