विध्यालयका शिक्षकलाई योग प्रशिक्षण तालिम

१५ असार २०७९, बुधबार मा प्रकाशित

उमानाथ भण्डारी,
कमल ।

दमक नगरपालिका र पातन्जल योग समिति नेपाल दमक नगर समितिको आयोजनामा विध्यालयका शिक्षककालागी योग प्रशिक्षण तालिम सन्चालन भइरहेको छ ।

आठौं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर गत असार ७ गते देखी सुरु भएको तालिम औपचारीक रुपमा १६ गते समापन हुनेछ । तर तालिन नियमितमा अझ केहि दिन सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।

योग प्रशिक्षण तालिममा दमक नगरपालिकाका रहेका सामुदायीक तथा सस्थागत विध्यालयका शिक्षक तथा अन्य गरी दैनिक ५० जनालाई पातन्जल योग समिति नेपालका उपाध्यक्ष गंगा ढकाल र दमक नगरसमितीका पदाधकिारीले प्रशिक्षण दिदै छन् ।

नगरपालिकाको वडा नम्वर ७ स्थित पौडेल वंशोद्वार प्रतिष्ठानको सभाहलमा सम्पन्न तालिम आज असार १५ गते दहि चिउरा खाएर मनाईएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here