एर्बा युरोपियनबाट इलामको आदर्श सहकारीलाई प्रशंसा पत्र

१५ असार २०७९, बुधबार मा प्रकाशित

गणेश अर्याल, इलाम।

इलामको आदर्श बहुउद्देश्यीय सहकारी सस्था काठमाण्डौमा प्रशसा पत्रले सम्मानित भएको छ ।

विश्वप्रतिष्ठित स्वास्थ्य सम्बन्धित मेसिनरी सामाग्री उत्पादन गर्ने एक कम्पनीले आदर्शलाइ राजधानीमा सम्मान गरेको हो । मेशिनरी उत्पादक तथा रिसर्चर एर्वा ग्रुप अफ कम्पनी युरोपियनले आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि इलामलाई प्रशंसा पत्र प्रदान गरेको हो ।

विश्वस्तरीय नम्बर वान ब्राण्ड एर्बाको उपकरणहरु आफ्नो ल्याबमा प्रयोग गरि सामुदायिक स्तरमा सुलभ स्वास्थ्य सेवा पुर्याएको भन्दै सहकारीलाई प्रशंसा पत्र प्रदान गरिएको हो । आदर्श बहुउद्देश्यीय सहकारी सस्थाले सो कम्पनीको उपकरणहरु प्रयोग गरी स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ । काठमाण्डौंको होटेल मेरियोटमा आयोजित भब्य समारोहबीच क्षेत्रीय कार्यालय चेक रिपब्लिकबाट आएका प्रतिनिधि क्रिष्टिना ब्रोजोभाले संस्थालाई प्रशंसा पत्र हस्तान्तरण गरेकी थिईन् ।

कार्यक्रममा सहभागी भएका आदर्श बहुउद्देश्यीय सहकारीका बरिष्ठ ब्यवस्थापक याम प्रधानले एर्बा ग्रूप अफ कम्पनी युरोपियनले प्रदान गरेको प्रशंसापत्र ग्रहण गरेका थिए । इलाममा सम्भवत सहकारीले स्वास्थ्य सेवा प्रदान गर्ने मा आदर्श सहकारी जिल्लाकै पहिलो र एकमात्र सहकारी हो । सम्मानले गुणस्तरीय सेवा प्रदान गर्नमा थप हौसला र जिम्बेवारी बढेको सस्थाका अध्यक्ष महेश श्रेष्ठले बताएका छन् । सो कम्पनीले उत्पादन गरेको सामाग्रीको नेपालमा ओम सर्जिकल सन्सर्नले आयात गर्दछ ।

सोही सर्जिकल साझेदारीमा आदर्श सहकारीले स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताइएको छ । कन्सर्नका प्रमुख दलबहादुर भण्डारीले हालै सहकारीले सञ्चालन गरको पोलिक्लिनिक र ल्याब अनुगमन गरेका थिए । ओम सर्जिकल्सकै साझेदारीमा सहकारीले पोलिक्लिनिक मार्फत इलामेलीहरुको लागि निशुल्क डाइबिटिजको परिक्षण गर्दै आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here