विद्यालयमा धान दिवस कार्यक्रम !

१५ असार २०७९, बुधबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नं. १० स्थित बालनमुना विद्या मन्दिरले आज असार १५ गते धान दिवसको अवसरमा शिक्षक, अभिभावक र विद्यार्थीबीचको बृहत्तर सहभागितामा धान रोपेर मानो खाएर मुरी उब्जाउने परम्परागत कार्यलाई निरन्तरता दिएको छ ।

विद्यालयको आफ्नो अधीनमा रहेको १ हेक्टर बराबर क्षेत्रफलमा रहेको जमिनमा कक्षा ७, ८, ९ र १० का नियमित अध्ययनरत विद्यार्थीको संलग्नता धान रोपाइँ सम्पन्न भएको विद्यालयका निर्देशक वीरबहादुर घिमिरेले बताउनुभयो ।

निर्देशक घिमिरेका अनुसार असार १५ को यो उत्सवलाई सांस्कृतिक पर्वको रूपमा मनाइनुका साथै सहभागी सबैलाई दही र चिउरा खुवाइएको थियो । नियमित पठनपाठनका अतिरिक्त सामाजिक–सांस्कृतिक महत्त्वका यस्ता कार्यक्रमहरू समेत आयोजना गर्ने गरिएको विद्यालयका प्रिन्सिपल चेतन अधिकारीले जनाउनुभयो ।

यसले विद्यार्थी, अभिभावक र शिक्षकबीच सम्बन्धमा प्रगाढता आउने र कृषिमैत्री वातावरण निर्माण हुने विषयमा सहयोग पुग्ने प्रिन्सिपल अधिकारीले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here