जनप्रतिनिधिद्वारा बक्राहाको कटान क्षेत्रको निरीक्षण

१६ असार २०७९, बिहीबार मा प्रकाशित

पथरीशनिश्चरे,

पथरीशनिश्चरे -५ स्थित सुन्दरी चोक दक्षिण तथा पौडेल चोक पूर्वको बक्राहा नदीको कटान प्रभावित क्षेत्रमा नगर र वडाका जनप्रतिनिधिहरूले निरीक्षण गरेका छन् ।

बुधबार नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगरका इन्जिनियर सन्तोस केसी, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी वेदप्रसाद गौतम, ५ नम्बर वडाध्यक्ष चेतेन्द्र खड्का सहितका जनप्रतिनिधि र समाजसेवीहरूको टोलीले निरीक्षण गरेको हो ।

कटान लगातार भएर बाध कटान हुनथालेको क्षेत्रमा टोलीको उपस्थितिमा बासको किला गाडेर तत्कालको तटबन्ध थालिएको छ । नगर प्रमुख तुम्वापोले त्यहाँको व्यवस्थित दिगो तटबन्धका लागि संघीय बजेटको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here