इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते

१७ असार २०७९, शुक्रबार मा प्रकाशित

मङ्गलबारे,

इलाममा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् ।

इलाम नगरपालिका–१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको बताइएको छ । सडकबाट करिब ३०० मिटर भन्दा तल खसेको प्रत्यक्षदर्शी मिलन दाहालले जानकारी दिनुभयो ।

गाडीमा सवार ११ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेलाई झापातर्फ पठाइएको छ भने अन्यको इलाम अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको नाम खुल्न बाँकी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here