सरकारी गाडीको दुरुपयोग नगर्न नेपाल विद्यार्थी संघ झापाकोआग्रह

१७ असार २०७९, शुक्रबार मा प्रकाशित

झापा, सरकारी गाडीको दुरुपयोग नगर्न नेपाल विद्यार्थी संघ झापाले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।


संघका सभापति राजेन्द्र उप्रेतीले विज्ञप्ति जारी गर्दै जिल्लामा काम बिना सार्बजनिक विदाका दिन सरकारी गाडीको गुरुपयोग भइरहेको जनगुनासो आएको र सरकारी गाडीको दुरुपयोग नगर्न सबैलाई आग्रह गरेका छन् । सरकारी गाडीको दुरुपयोग गरेको पाइएमा नेविसंघ झापाले सवारीलाई नियन्त्रणमा लिने जनाएको छ ।
त्यस्तै जिल्लामा सञ्चालनमा रहेका विद्यालयहरुले गत शैक्षिक सत्रको शुल्क र यस वर्षको शुल्कको ढाँचा उपलब्ध गराउन आग्रह गरेको छ । सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क लिएको जनगुनासो आएकाले विद्यार्थीबाट शुल्क नलिन आग्रह गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here