सुरुङ्गा (झापा) २२ कात्तिक । झापाको बिर्तामोड नगरपालिका – ७ स्थित भद्रपुर रोडमा रहेको टे«ड लिङ्गबाट ३४ थान ल्यापटप चोरी भएको छ ।
आज बिहान करिव ४ बजे पसलको सटर फुटाएर २७ लाख बढी मूल्यको ल्यापटप चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
रुपक अधिकारीले सञ्चालन गरेको सो टे«ड लिङ्गबाट वभिन्न ब्रान्डका ल्यापटप चोरी भएको र चोरी गर्ने समूहको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयवहादुर राउतले जानकारी दिनुभयो ।