उद्योग र पेट्रोलपम्पमा चोरी गर्ने व्यक्ति पक्राउ

0
455

बिर्तामोड ।

चोरी अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा संखुवासभा पाथीभरा गापा–३ निवासी ३४ बर्षीय देवराज तामाङ रहेका छन् । उनले झापाका विभिन्न ठाउँमा रहेका पेट्रोल पम्पमा चोरी गरेको प्रहरीले जनाएको छ ।

मेचीनगर–७ मा रहेको सनराइज सिमेन्ट प्रालिको अफिस फुटाई एक लाख ५० हजार रुपैयाँ, राधाकृष्ण इण्डष्ट्रिज चामल मिलको अफिसबाट ४२ हजार, मेनपा–७ इँटाभट्टा प्रनिक आयल स्टोरको अगाडि काउन्टरको झ्यालको ग्रील लिवरले तोडफोड गरी कोठाभित्र प्रवेश गर्दै ६ लाख चोरी गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय अनारमनीमा आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै चोरी अभियोगमा पक्राउ परेका तामाङले असार १७ गते राति मेचीनगरस्थित मेट्रो टे«निङ हाउस प्रालिको पेट्रोलपम्पमा समेत तोडफोड गरेको र सो क्रममा उनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको हो ।

यसअघि उनले असार ११ गते राति बिर्तामोड–२स्थित आश्मा ट्रेड्र्स एण्ड सप्लायर्सबाट सात लाख ३६ हजार ८ सय ९६ रुपैयाँ चोरी गरेको, कनकाई–७ दुर्गापुरमा रहेको गरमकाली पेट्रोलपम्पबाट १५ हजार रुपैयाँ चोरी गरेको बताइएको छ । उनले जेठ ३१ गते कमल गापा–५ गीता पेट्रोलपम्पबाट समेत ५ लाख रुपैयाँ चोरी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here