तेह्रथुमको छाते ढुँगामा भएको दिपावली कप जितेर ल्याएको झापाको माइर्मधार स्थीत केएनके स्पोटिङ्ग क्लवले शनिवार क्लवको कार्यसमितिलाई ट्रफी हस्तान्तरण गरेको छ । क्लव परिसरमा आयोजीत कार्यक्रममा टिम क्याप्टेन नरविर फागो सहितका खेलाडिले क्लवका अध्यक्ष योगेस लिङ्गदेन र सल्लाहाकार समितिका संयोजक किरण दाहाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
गएको कातिक १५ गते भएको पुर्वाञ्चल स्तरीय फुटवल टुर्नामेन्टको उपाधि झापाको केएनके स्पोटीङ्ग क्लव माईधारले हत्याएको थियो । पुर्वका ८ जिल्लाका प्रतिस्पर्धि फुटवल टिमलाई उछिन्दै उपाधिमाथी कव्जा जमाएको थियो । फाईनल खेलमा पनि केएनके स्पोटिङ्ग क्लवले झापाकै बिर्तामोड स्थीत आईयुडिसी क्लवलाई २—१को गोल अन्तरले पछि पार्दे नगद ५० हजार मेडल र ट्रफि हत्याएको क्लवका अध्यक्ष योगेस लिङ्गदेनले बताए ।
शनिवार भएको कार्यक्रममा स्थानिय नविन सुहाङ्ग , क्लवका सल्लाहाकार समितिका संयोगक किरण दाहाल , क्लवका उपाध्यक्ष पदम कुँवर , पत्रकार द्धय बिनोद सापकोटा सेलिङ्ग केसी ले क्लवको जितले माईधारको शिर उच्चो भएको बताए । उनिहरुले खेलाडि लाई औसाला प्रदान गर्न र कुनै पनि कुरामा सहयोग गर्न आफुहरु प्रतिवद्ध भएको बताए । कार्यक्रममा टिमका उत्कृष्ठ डिफेन्स ससन श्रेष्ठ , किप्पर रवीन राई वेष्ट स्ट्राईगर संगम तामाङ्ग लाई कार्यक्रमका बत्ताले धन्यवाद तथा बधाई दिएका थिए ।
कार्यक्रमको संचालन क्लवका सचिव डिगम पराजुलीले गरेका थिए । यसैविच केएनके स्पोटिङ्ग क्लवले दिपावलीमा खेलेको देउसी बाट संकलित रुपैयाँ बाट कवर्टहल निर्माण गर्ने भएको छ । केएनके स्पोटिङ्ग क्लवको कार्यलयमा आयोजित पत्रकार भेटघाटमा क्लवका सचिव पराजुलीले ६६ हजार ३ सय ६७ रुपैयाँ भेटी संकलन भएको जानकारी दिए । यस्तै भुमीपुत्र चलचित्र को सो बाट पनि दर्सकले गरेको सहयोग १४ हजार ६ सय ६० रुपैयाँ पनि सार्वजनि गरिएको थियो ।