करेन्ट लागेर एक जनाको मृत्यु

0
448

उदयपुर।

उदयपुरको त्रियुगा नगरपालिका–८ देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान स्थानिय ६५ बर्षीय मन्तु चौधरीले कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागि गम्भिर घाईते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here