अवैध प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधन सहित चालक प्रहरीको नियन्त्रणमा

0
361

मोरङ।

मोरङको केराबारी–८ स्थित रहेको खदम खोला, केराबारी–७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा–५ स्थित रहेको बुढीखोला र बेलबारी–२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ९ वटा सवारी नियन्त्रणमा लिएको छ ।

प्रहरीले चार वटा टिफर, चार वटा ट्रयाक्टर, एउटा जेसिवी र तीनका चालक सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ९ वटै सवारी साधनसहित चालकहरुलाई आवश्यक कारवाहीको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here