भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडद्वारा वडा समिति गठन तिव्र

0
310

बिर्तामोड ।

भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडले वडा समिति गठनलाई तीव्र बनाएको छ ।

यसअघि बिर्तामोडको वडा समिति गठन गरेको संघले आज अर्जुनधारा वडा समिति गठन गरेको अध्यक्ष डिके गुरुङले जानकारी दिए ।

अर्जुनधारा ११ नम्बर वडा समितिले आज पूर्णता पाएको हो । समितिको अध्यक्षमा पूर्णराज थापा र सचिवमा सुरेन्द्रबहादुर लिम्बू चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा पदम मगर, मणिराज गुरुङ, चन्द्रकुमार लिम्बू, कमलकुमार राई, डिल्लीराम क्षेत्री, टंक गुरुङ, हर्क राई साम्पाङ, प्रदिपकुमार लिम्बू र नरेशकुमार तामाङ चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here