कन्हैयालाल हत्याकाे पाकिस्तान कनेक्सन खाेताल्दै सुरक्षा एजेन्सी

0
281

दिल्ली ।

भारतकाे राजस्थान प्रदेशकाे उदयपुरमा कन्हैयालाल दर्जीको हत्याको प्रारम्भिक अनुसन्धानले पाकिस्तानको लिङ्कलाई औंल्याएपछि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले बुधबार साे मुद्दाकाे आफै अनुसन्धान शुरु गरेकाे छ।

पैगम्बरको विरुद्धमा आपत्तिजनक टिप्पणी गर्ने पूर्व भाजपा नेता नुपुर शर्मालाई समर्थन गरेको कथित अनलाइन पोस्टको आरोपमा पीडित कन्हैया लाल तेलीलाई बुद्धबार हत्या गरिएको थियो।

घटनापछि भिलवाडाका मोहम्मद रियाज अत्तारी र उदयपुरका गौस मोहम्मदलाई सोही दिन पक्राउ गरिएको थियो । प्रारम्भिक अनुसन्धानले पाकिस्तानको लिङ्कलाई औंल्याएपछि, राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यो मामला जसमा कडा गैरकानूनी गतिविधि रोकथाम ऐनको प्रावधानहरू लागू गरिएको छ।

एनआईएले भन्यो, “अभियुक्त व्यक्तिहरूले सामाजिक सञ्जालमा आपराधिक कार्यको भिडियो पनि प्रसारित गरेका थिए जसमा हत्याको जिम्मेवारी दावी गर्दै देशभरका जनतामा आतंक फैलाउन र आतंक मच्चाउनको लागि थियाे । एनआईएका अनुसार अनुसार गाैस सन् २०१४-१५ मा पाकिस्तान गएका थिए र कराचीका केही व्यक्तिहरूसँग फोनमा सम्पर्कमा थिए।

थप तीन जनालाई हिरासतमा लिइएको छ भने मुख्य अभियुक्तहरू पाकिस्तानस्थित संगठन दावत-ए-इस्लामीसँग सम्बद्ध थिए वा छैनन् भनेर पनि अनुसन्धान भइरहेको छ।

उता पाकिस्तानले बुधबारकाे हत्याकाण्डका अभियुक्तलाई पाकिस्तानस्थित संगठनसँग जोड्न भारतले गरेको दाबीलाई अस्वीकार गरेको छ। द हिन्दुबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here