कोदोको रक्सी प्रबद्र्धन गर्न झापामा समिति

0
719

अर्जुनधारा ।

परम्परागत मदिरा (कोदो रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सोमवार झापा जिल्लास्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ ।

प्रवद्र्धन समितिको संयोजकमा शर्मिला आङ्दाम्बे रहेकी छिन् । उनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ । झापा जिल्लाभरिका सबै जातिलाई मिलाएर उक्त समिति निर्माण भएको हो ।
प्रवद्र्धन समितिको गठन प्रक्रिया झापाको चारआलीको चुम्लुङ भवनमा भएको हो । प्रवद्र्धन समितिले कार्यक्रम गर्नुअघि एक कार्यपत्र प्रस्तुत गर्दै कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न सके आय–आर्जनको मुख्य थलो बन्ने कुरा प्रस्तुत गरिएको थियो ।

प्रवद्र्धन समितिका सदस्य शर्मिला सिङ्घकले उक्त कार्यपत्र प्रस्तुत गर्दै झापामा मात्र होइन प्रदेश नं. १को १४ वटा जिल्लामा कार्यसमिति निर्माण गर्दै जाने र प्रर्वद्धन समिति प्रदेशमा सबै जिल्लाको सहभागिता रहेको बताइन् ।

सिङ्घकले प्रस्तुत गरेको कार्यपत्रमाथि देशु वनेम, फोनिजका दिपीन राई, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठ लगायतले कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न ल्याइएको प्रतिवेदनमाथि सुझावसहितको विचार राखेका थिए ।

छलफल कार्यक्रममा आरभी पालुङ्वा, लालबहादुर थेवे, इन्द्रकुमार श्रेष्ठ, समर राई, चिजा राई, पाण्डपलाल चौधरी, धनप्रसाद गुरुङ, अग्निमाया मेचे, सबिना राजवंशी, ओमप्रकाश खापुङ लगायतले कोदोको रक्सी र आय–आर्जनका विषयमा आ–आफ्नो बिचार राखेका थिए ।

प्रवद्र्धन समितिका प्रदेश १का संयोजक टेकबहादुर खजुमले प्रदेश नं. १को नीति तथा कार्यक्रममा कोदोको रक्सीलाई आय–आर्जनको रुपमा लैजाने गरी परियोजना पास गरिएको जानकारी गराएका थिए ।
उनले उक्त परियोजना निर्माणका लागि प्रवद्र्धन समितिले मुख्यमन्त्री, अर्थमन्त्री, पूर्वसामाजिक मन्त्री तथा कोदोको रक्सीका अभियन्ता उषाकला राई, उद्योगमन्त्री प्रकाशप्रसाद हाङ्गाम लगायतलाई पटक–पटक ज्ञापनपत्र बुझाएको बताए ।

बृहत् सहभागिता रहेको कार्यक्रममा प्रवद्र्धन समितिका संयोजक खजुमले इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा लगायतको जिल्लाबाट प्रवद्र्धन समितिमा जोडिएको बताए ।

यसलाई उत्पादनमा जोड्न सके आर्थिक रुपमा मात्र नभई युवाहरुले स्वदेशमै रोजगार पाउन सक्ने कुरा बताइएको थियो । यतिबेला पहाडका पाखाहरु भने जस्तो मल, सिञ्चाइ र बीऊ नभएको हुँदा कोदो नासिँदै गएको अवस्था प्रति वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए ।

कोदोबाट धेरै प्रकारका चिजहरु बनाउन सकिने संयोजक खजुमले जानकारी दिँदै खानाका लागि उत्तम र रक्सी निर्माणका लागि उपयोगी भएको बताए । कोदोको रक्सी बनाउनका लागि आवश्यक मर्चाका लागि चाहिने जंगली जडीबुटीहरुको पनि संरक्षण गरिनुपर्ने संयोजक खजुमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here