लागूऔषध ट्याब्लेट सहित दुई जना पक्राउ

0
270

मोरङ।

मोरङका छुट्टाछुट्टै स्थानबाट लागूऔषध ट्याब्लेट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका–१ का ४४ बर्षीय भानु याङदेनलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो ।

त्यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान ११ का ३८ बर्षीय राजु घिमिरेलाई विभिन्न किसिमका लागूऔषध ट्याब्लेट सहित पक्राउ गरेको छ ।

घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक–२० एम्पुल, एभिल–२० एम्पुल, डाईजेल्याब–२० एम्पुल र फेनरागन–२० एम्पुल बरामद गरेको थियो । लागूऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here