दुई वर्षीया बालिकाको डुबेर मृत्यु

0
505

मलङ्गवा, 

सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् ।

उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here