
रौतहट ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झालाई पितृशोक परेको छ। शाखा सभापति झाका पिता युगलकिशोर झा को ८१ वर्षको उमेरमा निधन भएको हो।
केही दिनदेखि सामान्य बिरामी रहेका झालाई उपचारको लागि सोमबार साँझ वीरगंज लगिएको थियो। उपचारको क्रममा वीरगंजस्थित नारायणी अस्पतालमा झाको निधन भएको हो।
पत्रकार झाका पिता युगलकिशोर झाको पारिवारिक परम्परा अनुसार मंगलबार लाल बकैया नदीमा अन्त्येष्ठि गरिएको छ। अन्त्येष्ठिमा सञ्चारकर्मी, राजनीतिकर्मी तथा समाजसेवीहरुले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन्।






























