झापा।

झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे–२ का २२ बर्षीय मिलन दर्जी रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका दर्जीको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
लागूऔषधसहित पक्राउ परेका दर्जीको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































