गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकजनाको मृत्यु

0
313

वाग्मती, 

पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ ।

आज बागमती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती–१ करौँजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बागमती पालिकाको केन्द्र झुरझुरेबाट डिजेल लिएर करौँजेतर्फ जाँदै गरेको पाँचपाण्डव पुल नजिकै चट्याङ लाग्दा बा ६० प ९४९१ नं को मोटरसाइकलको पछाडि बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय फाँपरबारीका प्रहरी निरीक्षक कमल लङ्देलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here