झापा,
झापा । झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ।
झापाको मेचीनगर नगरपालिका स्थित काँकडभिट्टामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको स्रोतले जनाएको छ। नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि विवाद हुँदा दुई सुरक्षा निकायबीच झडप भएको बताइएको छ।
नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ। तर, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले त्यस्तो नभएको बताएका छन्।
महतोका अनुसार सुपारी तस्करलाई नेपाल प्रहरीले पक्राउ गरेको र त्यहाँ सशस्त्र प्रहरी आएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई जवानबीच सामान्य विवाद भएको हो।
यसैबीच जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकले प्रहरी र सशस्त्र प्रहरी बीच कुनै विवाद नरहेको उल्लेख गरे । प्रवक्ता पाठक र सशस्त्र प्रहरीका २ नम्बर हेटक्वाटरका डीएसपी प्रेमबहादुर भण्डारीले सयुक्त विज्ञप्ती निकालेर कुनै विवाद नभएको भन्दै घटनालाई ढाकछोप गरेका छन् ।