बिर्तामोडमा ‘क्राइम’

0
559

झापा, ‘मिसन बिर्तामोड’को सफलतापछि झापाली युवा ‘क्राइम’ नामक लघू चलचित्र निर्माणमा जुटेका छन् ।
समाजमा हुने बेथिति अन्त्यका लागि सहयोगी बन्न सक्ने अपेक्षाका साथ बीएसबी इन्टरटेन्मेन्ट प्रा.लि.ले लघू चलचित्र निर्माण गर्न लागेको हो । यौनजन्य अपराध निरुत्साहन गर्न कथाबस्तुमा करणी मुद्धालाई प्रमुख रुपमा उठाइएको छ । बोलबाला व्यक्तिले अवला नारीको चरित्रमा कसरी खेलवाड गर्न सक्छन् भन्ने विषयलाई समावेस गर्दै लघू चलचित्र निर्माण गर्न लागिएको बिर्तामोडमा विहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘क्राइम’ नामक लघू चलचित्रका निर्माताका रुपमा राजन थापा रहेका छन् । झण्डै एक घण्टा अवधिको चलचित्र हुने बताइएको छ । चलचित्रमा सह निर्माताको रुपमा तीर्थ सिग्देल, प्रनिष पौडेल, सम्वल आचार्य, विशाल विमली, भुवन बास्कोटा, प्रसंसा बास्कोटा रहेका छन् । लघू चलचित्रको मनोज राई प्रस्तुत कर्ताको रुपमा रहेका छन् भने रोहन राईको लेखन तथा निर्देशन रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रितन सिगू लिम्बूको सह निर्देशन रहेको छ भने विपिन प्रसाई द्वन्द्व निर्देशकका रुपमा देखा पर्ने छन् ।
लघू चलचित्रमा कलाकारका रुपमा राजन थापा, राज शेर्मा, पूर्णिमा लिम्बु, सबिना वस्नेत, बिजु राई, किरण जबेगु, राजु गौतम, अजित राना मगर, नवराज दंगाल, खेमराज दंगाल, सुवास अधिकारी, अनिल राई, सुनिल विश्वकर्मा, माणिक रेग्मी, सनम राई, निर्मल महरा, कैलाश कट्टेल, कुमार राय रहेका छन् ।
लघू चलचित्रमा बिशेष सहयोगीका रुपमा अर्जुन कँडेल, डिल्ली चुँडाल, प्रत्युष राना आजाद, भुवन सन्जेल, रेश लिम्बु, पुष्प बाँस्तोला, आशिष राई, सन्त मेचे, प्रदीप श्रेष्ठ, पुजन लिम्बु, रुपेश लिम्बु( जेठा बा), ज्ञानउदय लिम्बु, सन्जय राजबंशी, सुनिल थापा, प्रवेश सुबेदी, रन्जन प्रधान, सन्जय मोदी, अर्जुनजंग थापा, अतिथी सदन( बिर्तामोड), प्रकाश शिबाकोटी, खेम पराजुली, एलबी समाल, धरणीधर पोखरेल, रमेश बोहरा, अशोक कार्की रहेका छन् । पदम तामाङ मेकअप र क्यामरामेनमा सन्तोष राना मगर रहेको पत्रकार सममेलनमा जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here