राजेन्द्र खनाल
नेपालमा अहिले सडक यातायातको दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेर गएको छ । दुर्घटना किन हुन्छ भन्ने विषयमा धेरै पल्ट समीक्षा भइसकेका छन् । अत्याधिक दुर्घटना हुनुको कारण सतहमा आएतापनि त्यसको निराकरण हुन सक्ने अवस्था छैन । भर्खरै छोटो समयको अन्तरालमा भिन्न–भिन्न स्थानमा भएका सडक दुर्घटनामा परी सयौं यात्रुले ज्यान गुमाइसकेका छन् । अहिले सडक यातायात जोखिमपूर्ण भएको तथ्य सार्वजनिक भएको छ । यी सबै समस्याहरुको समाधानका लागि ट्राफिक प्रहरीले समेत बिभिन्न रणनीति न अपनाएको होइन तर पनि हालसम्मका सबै रणनीतिहरु सफल हुन सकेका छैनन् । अहिलेसम्म अपनाएका रणनीति भन्दा भिन्न किसिमले जानु आवश्यक रहेको तथ्य यो असफलताले पुष्टि गरिसकेको छ ।
नेपालको हकमा सडक यातायात एउटा भरपर्दो यातायातको माध्यम भएर पनि अत्याधिक जोखिमपूर्ण हुनुले यसको महत्व घटेर जाादैछ । यो अझ व्यवस्थित हुनुपर्नेमा बिस्तारै जोखिमतिर जानुले थप चुनौतिहरु पनि थपेका छन् अहिले पहाडी भेग र तराई भेग दुबैतिर नै सडक दुर्घटनाहरुको जोखिम उत्तिकै रहेको देखिन्छ । पहाडी भेगमा विशेष गरेर अत्याधिक यात्रुको भार र अनुभवहीन चलाकको कारण धेर दुर्घटना घट्ने गरेका छन भने तराई भेगमा तीब्र गति र सवारी साधनको आपसको प्रतिस्पर्धा नै उच्च सवारी दुर्घटनाका कारण बन्ने गरेको पाइएको छ । ग्रामीण सडकहरुमा जथाभावी पशुहरु सडकमा बााध्नाले पनि दुर्घटनाको जोखिम हुने गरेको छ । बेलैमा यस विषयमा शुक्ष्म अनुसन्धान गरेर यसलाई दीर्घकालीन समाधानतिर नलाग्ने हो भने अझ समस्याहरु आउने पक्का छन् ।
ट्राफिक प्रहरीको मेनपावर कम भएर पनि सवारी चालकले लापरवाही गर्न पाएको हुनुपर्दछ । यातायात व्यवस्थाका ऐन काम लाग्ने बनेका भएतापनि यिनको कार्यान्वयन पक्ष कमजोर छ । गलत कार्य गर्ने, नियम उल्लंघन गर्ने सवारीहरुलाई ट्राफिक ड्यूटीमा खटिएका पुलिसले लालचमा परी केहि पैसा लिएर छोडी दिने प्रचालनले पनि दुर्घटना न्यूनीकरणमा समस्या सृजना गरेको छ । बसमा सिट संख्या भन्दा एक जना पनि बढी यात्रु बोक्न नदिने र बोकेको पाइएमा कारवाही गर्न थाल्ने हो भने केही हदसम्म समस्या समाधान हुने निश्चित छ । कुनै–कुनै स्थानमा ट्राफिक प्रहरीले जीपका छत निकल्न थाल्नुले एउटा सकारात्मक कदम भएको मान्नु पर्दछ । तर, समस्याको समाधान यति मात्र भने होइन । बसको छतमा यात्रु बोक्ने, ट्रकहरुले क्षमताभन्दा बढी लोड बोक्ने, झुण्डिएर यात्रा गर्ने जस्ता समस्याहरुलाई पूर्ण रुपमा निरुत्साहित गर्नु पर्दछ ।
बेला–बेलाको छड्के जाँच एवम् नियम उल्लंघन गर्नेलाई शख्त कारवाहीले पनि त्यस्ता दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने गर्दछ । चाहे लामो दुरीका हुन या छोटो दुरीका सबै सवारी साधनलाई तोकिएको सिट संख्या भन्दा बढी यात्रु बोकेको पाएमा कडा कार्वाही गर्ने र सिट संख्या पूरा भएपछि जबरजस्ती यात्रा गर्ने यात्रुलाई समेत कारवाही गर्ने गरे त्यस्ता अति भारले हुने गरेका दुर्घटना हुने थिएनन् । तीब्र गतिको कारण हुने धेरै जसो दुर्घटना तराईमा भएका छन् । तीब्र गति नियन्त्रण गर्न जनचेतनाले मात्र पुगेन किनभने यात्रु टिप्ने होडमा हुइाकिने सवारी नै अधिकांश दुर्घटना भएका छन् । सयौ यात्रुको ज्यान जोखिममा पारेरै पैसामुखी त्यस्ता सवारी चलाइले अहिलेसम्मका देखे जानेका दुर्घटना घटेका छन् । तीब्र गति नियन्त्रणको भिन्न रणनीति अपनाउन जरुरी भएको छ ।
प्रत्येक सवारी चलाकले संयमित एवम् जिम्मेवार भएर सवारी चलाउनु पर्दछ । मादक पदार्थ खाएर सवारी चलाउनु हुन्न तर पनि चालक सचेत भएरै लापरवाही गर्दैछन् । ट्राफिकको मापसे चेक जाँचले पनि कुनै चालकको मनमा डर पैदा गर्न सकेन । यसको कारण हो चालक अहिलेसम्म सचेत छैनन्, जिम्मेवार र कर्तव्यनिष्ठ छैनन् । लापरवाहीपूर्ण तरिकाले सवारी चलाउने चालकको लाइसेन्स तुरुन्त खारिजी गर्नुपर्दछ भने चालकलाई लापरवाही बन्न बाध्य बनाउने मालिकहरुलाई या यात्रु समेतलाई कारवाही र रुट परमिट खारिजी गरिनु पर्दछ । यसरी सडकमा कुद्ने निजी र सार्वजनिक सवारी साधनको लापरवाहीले गर्दा हजारौ जनताले अकालमा मर्नुपर्ने बाध्यता सृजना गर्नु हुन्न । भिन्न–भिन्न सवारीका चालकहरुलाई बेला–बेलामा त्यस्ता पुनर्ताजकी, सचेतना कार्यक्रममा सहभागी गराउने गर्नु पर्दछ । बस, बिशेष गरेर सार्वजनिक यात्रा गर्ने साधन भएकोले यसका ड्राइभरलाई, कन्डक्टर र खलासी एवम् मालिकलाई एकैसाथ सचेत गराउनु जरुरी छ । त्यसैगरी ट्रक, जीप, ट्याक्सी लगायत जति पनि सवारी साधनवाला छन् ती सबैलाई त्यस्ता सचेतना कार्यक्रममा सहभागी गराइ ट्राफिक नियम र त्यो उल्लंघन गर्दा भोग्नु पर्ने कारवाहीको विषयमा अवगत गराउनु आवश्यक छ । र, जो त्यस्ता नियम उल्लंघन गरेको आधारमा समातिन्छ त्यसलाई कडा कारवाही समेत गर्नुपर्दछ ।
नेपालमा हालसम्मका सवारी चालकहरु प्राय: ट्राफिक नियम नै जन्दैनन् । केवल सवारी कसरी चलाउने भन्ने ज्ञानकै आधारमा चालक बनेका छन् । रोडमा पालन गर्नुपर्ने नियम, शहर बाजार क्षेत्रमा पालन गर्नु पर्ने नियम, स्कूल क्षेत्रमा पालन गर्नुपर्ने नियम, औद्योगिक क्षेत्रमा पालन गर्नुपर्ने नियम, ट्राफिक लाइट, ट्राफिक सिग्नल आदिको विषयमा ज्ञान नहुादै बारिष्ठ चालक बनेका छन् भने जसले यो सबै जान्दछ उसले समेत पालन गर्ने गरेको छैन । यसको लागि ट्राफिकले अब एउटा अभियान चलाउनु पर्दछ । जति पनि चालक अनुमति पत्र लिएका चालक छन् तिनको भेला आयोजना गर्ने र ट्राफिक नियमको विषयमा एकजाम नै लिने यसो गर्नु जरुरी छ । किनभने हिजो हचुवाका भरमा त्यस्ता व्यक्तिले समेत लाइसेन्स लिएका छन् । जसले सवारी चलाउन नै जान्दैन अनि त्यस्ताबाट नियम पालनाको के आशा गर्ने ? अनि जसलाई नयाँ चालक अनुमति पत्र दिनुपर्ने हो उसलाई सबै कुरा जानेपछि मात्र दिने । लाइसेन्सस प्रदान गर्न हुने गरेका सबै किसिमका पैसाका खेलहरु रोकना पनि जरुरी छ ।
एक–अर्को गरेर दैनिक दशौ यात्रुहरुले सडक दुर्घटनाको शिकार भइ अनाहकमा ज्यान गुमाउनुको पीडा हामी सबैलाई हुनु जरुरी छ । सडक यातायातदेखि ह्वाई यातायातसम्मका चालकहरुले नक्कली चालक अनुमति–पत्र लिएर काम गरेको आजको अवस्थामा त्यस्ता व्यक्तिहरुबाट के कुराको आशा राख्ने ? एउटा दुर्घटनाको पीडा सेलाउन नपाउादै अर्को दुर्घटना घट्न थाल्नुले सडक यातायातको क्षेत्रमा ठूलो चुनौति थपेको छ । समस्या तपाई हामीले जानेका नै छन र समाधान पनि हामीलाई नै थाह छ तर यसको कार्यान्वयन पक्ष भने भरपर्दों हुनु आवश्यक छ । यदि यी दुर्घटनाहरु बेलैमा न्यूनीकरण हुन सकेनन् भने नेपालमा जन्मदर भन्दा मृत्युदर बढेर जाने खतरा त रहन्छ नै अझ मृत्युको कारण भयानक हुन्छ । सडक सुरक्षित यात्राको लागि हो न कि अनावश्यक मृत्युको लागि । यसर्थ के गर्दा दुर्घटना न्यूनीकरण हुन्छन र यसको लागि कसकसले पहल गर्नुपर्दछ त्यो कुरा बेलैमा सबैलाई ज्ञात हुनु जरुरी छ । दुर्घटना न्यूनीकरण गर्ने ठेक्का ट्राफिक प्रहरीको मात्र भने होइन । यसको लागि चालक, गाडी मालिक, ट्राफिक प्रहरी, यात्रु र सम्बन्धित निकाय समेत जिम्मेवार भद्र र संयम हुनु जरुरी छ । आगामी दिनहरुमा सडक यातायात अनावश्यक मृत्युको कारण नबनोस् कामना गरौं ।
पजबलबचिबवभलमचबढ२नmबष्।िअयm