नगरअस्पतालमा थाइराईडको जाँच सूरु

0
220

पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरेस्थित नगर अस्पतालले थाइराईडको जाँच सूरु गरेको छ ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगर अस्पतालमा आधुनिक ल्याब मेसिनमार्फत संचालन हुने थाइराईड समस्याको जाँचको उद्घाटन गर्नु भएको हो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, अस्पताल रेखदेख समितिका अगुवा एवम् जग्गादाता बाबुराम राई सहितको सहभागितामा परीक्षण थालिएको छ । अस्पतालले २४ सै घन्टा आकस्मिक सेवा संचालन गरेपछि स्थानीयलाई अझ राहत पुगेको छ ।
यसैबीच, नगर प्रमुख तुम्वापो अगुवाईको टोलीले नगरबाट स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह सहितको अनुगमन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here