सुनसरी।

सुनसरीको रामधुनी–२ तित्रीबन चौक स्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा ३ का ३२ बर्षीय डम्बरकुमार दर्जी रहेका छन् ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रन १– ०१–००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिसा आउदै गरेको को २ ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका अटो चालक दर्जीको इटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पिकअप र चालक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।































