स्रोत साधन अभावमा समस्या झेल्दै बाल शिक्षा सरोकार केन्द्र

0
401

जोस्ना श्रेष्ठ/झापा ।

अर्जुनधारा नगरपालिका वडा नं ६ कप्तानबारी रहेको ‌अपांग बाल शिक्षा सरोकार केन्द्रले पर्याप्त स्रोत साधनको अभावका कारण विभिन्न समस्या झेल्दै आएको छ।

२०६९ सालमा विधिवत् रूपमा स्थापना गरी संचालनमा ल्याइएको उक्त बाल सरोकार केन्द्रमा हाल शारीरिक रूपमा ‌अपांगता भएका तथा नभएका अभिभावक भएका तथा नभएका दुवै खाले दश जना बालबालिकाहरू रहेकाे सरोकार केन्द्रका संस्थापक अध्यक्ष कृष्णदेव दुलाल बताउँछन् ।

केन्द्रमा बाल बालिकालाई पूर्ण रुपमा निशुल्क आबास , खाना साथमा शिक्षाको समेत प्रबन्ध गरिएको छ । बाल केन्द्र संस्थापक अध्यक्ष दुलाल भन्छन् “स्रोत साधनको अभाव छ, संस्थाको आफ्नो स्वामित्वमा जग्गा तथा भवन छैन। संरक्षित बाल बालिकाको भरण पोषण सम्पुर्ण खर्च दाताहरूको सहयोगको भरमा चल्दै आएको छ “।

२०७० साल देखि स्थानीय कृष्ण बास्तोलाले निशुल्क तथा अस्थायी रूपमा बाल केन्द्रलाई आबासका लागि उपलब्ध गराएको भवन पुरानो तथा जिर्ण अवस्थामा छ । संस्थाको आफ्नो स्वामित्वको जग्गा तथा भवन नहुँदा बालबालिकालाई उक्त पुरानो तथा जिर्ण भवन राख्नु पर्ने बाध्यात्मक परिस्थिति रहेको छ ।

संचालक स्वयम् आफै पनि शारीरिक रूपमा ‌अपांगता भएका कारण स्रोत साधन जुटाउन गाह्रो परिरहेको संचालकको भनाई छ। संस्थापक संस्था बाचिरहोस भन्ने चाहन्छन् । संस्थामा राखिएका बालबालिकालाई पुर्ण निशुल्क आबासीय शिक्षा तथा पुनर्स्थापनाको सेवा दिदै आत्मनिर्भर बनाउने संस्थाको लक्ष्य रहेको छ ।

त्यहा रहेका बालबालिकाले स्थानीय सामुदायिक विद्यालय शनिश्चरे माविबाट शिक्षा लिईरहेका छन् । उनीहरूलाई विधालय सम्म पुर्याउन र ल्याउनको लागि अटोको व्यवस्था गरिएको छ । विधार्थीलाई विधालय पुर्याए र फिर्ता ल्याएको अटो भाडा दिनको रू दुई सय लाग्ने गर्दछ। विधालयमा खाजा खर्च एक जना विद्यार्थीको रू चालिस लाग्ने गर्दछ। यी सम्पुर्ण खर्चको ब्यवस्थापन संस्था आफैले गर्दै आएको छ ।

बाल केन्द्रमा उनीहरूको हेरचाहको निमित्त त्यहाँ दुई जना केयरटेकर राखिएको छ । संस्थापक अध्यक्ष दुलाल भन्छन् ” समाजमा धेरै अपाङ्गता तथा अभिभावक विहिन बालबालिकालाई भेटिन्छन् तर मुल समस्या स्रोत र साधन अभावमा सबै समेट्न सकिएको छैन “।

सामाजिक प्राणी मानिस , समाजमा बसोबास गर्दछन् ‌। सामाजिक प्राणी भए संगै उसमा दया माया तथा सहयोगी भावना निहित हुन्छ ‌। हाम्रो समाजमा सामाजिक भावना र उदार मन भएका व्यक्तित्वहरू धेरै छन् । सामाजिक भावना र सहयोगी मनहरुको नजर बाल सरोकार केन्द्रमा पर्न नसकेर पनि हुन सक्छ , यस बाल सरोकार केन्द्र एक हिसाबले ओझेलमा परे जस्तै देखिन्छ ।

उदार मन अनि सामाजिक व्यक्तित्वहरूले आजभोलि आफ्नाे जन्मोत्सव, विवाह उत्सव,र परिवारका दिवंगत सदस्यहरूको स्मृतिमा फजुल खर्च कटौती गरेर बाल संरक्षण केन्द्र तथा बृद्ध बृद्धालाई विभिन्न प्रकारका सहयोग गर्दछन् । असाहय तथा शारीरिक रूपमा ‌अपांगता भएकाहरु लाई सहयोग गर्नु मानवीय धर्म हो। संस्थाको स्थायित्व,विकास ,असाहय तथा शारीरिक रूपमा ‌अपांगता भएका बाल बालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य र उचित व्यवस्थापनमा स्थानीय सरकारको पनि गम्भीर ध्यान जान जरुरी छ । स्थानीय सरकार सम्बन्धीत वडाले बालमैत्री बाल सरोकार केन्द्र बनाउन सकेको भूमिका निर्वाह गरोस् ।

तपाईं हामी पनि जन्म दिन, विवाह उत्सव, स्मृति दिवस लगायतका अवसरमा आफुले सकेको थोरै भए पनि ‌सहयोग गरौ । सेवा नै धर्म हो , हाम्रो सानो सहयोग अरू कसैको लागि ठुलो हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here