झापा।

झापाको मेचीनगर नगरपालिका–६ बाट लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका फाकफोकथुम–१ इलामका २७ बर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका–८ पाँचथरका २१ बर्षीय लक्षुमान तामाङको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको बताइएको छ ।































