पानीमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु

0
347

बिराटनगर।

झापा र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–५ का पुर्णबहादुर लिम्बूको दुई बर्षीय छोरा ईन्सान लिम्बूको घर छेउमा नै खेल्दै गरेको अवस्थामा नजिकै रहेको पैनिमा अचानक डुबेर पैनीले बगाएर लादै गरेको स्थानीयले देखि तत्काल उद्धार गरी उपचारको लागि बिएण्डसी अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उता ताप्लेजुङको मेरिङदिन गाउँपालिकामा रहेको युनाईटेड हाईड्रोपावरमा काम गर्ने काभ्रेपलान्चोकका २९ बर्षीय तिर्थ तामाङको मेवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here