उल्टो पैदल यात्री वानियाँ पथरीशनिश्चरेमा

0
305

छविराज ढकाल/ पथरीशनिश्चरे,

प्रदेश नं. १ को आन्तरिक पर्यटन प्रबद्धनका लागि उल्टो पैदलयात्रामा निस्कीएका बराहक्षेत्र -२ का युवा ओम बानिया पथरी शनिश्चरे नगरमा आई पुगेका छन् ।

मंगलबार विहान विराटचौक बजारदेखि पथरी नगर क्षेत्रमा उल्टो पैदल यात्रा गरेरै अपरान्ह ४ बजे आई पुगेको हुन । चार दिन अघि विराटनगरवाट यात्रा प्रारम्भ गरेका युवा वानियाँ अनुकल मौसम भए २९ दिनमा प्रदेश नं. १ कै अति लोकप्रिय ताप्लेजुङ्ग जिल्लाको पाथिभरा देवीको मन्दिरमा पुगी आन्तरिक धार्मिक तथा पर्यटकीय महत्वको बढाउने उद्देश्यले यात्रा सुरूवात गरेका छन्।

उल्टो यात्रा गरेरै ताप्लेजुङस्थित पाथिभरा धाम पग्ने लक्ष्य लिएका युवा पर्यटन व्यवसायी बानियालाई नेपाल प्रहरी तथा विभिन्न पालिकाहरूले उनको यात्रा सहज र सुरक्षित तुल्याउन पैदलयात्रा भर प्रहरी खटाई सहयोग गरी रहेका छन् | उनको यात्राका क्रममा रात्रीकालिन आवास तथा खानाको लागि सम्वन्धित पालिकाका प्रमुखहरुले होटल तथा रेस्टुराँहरूमा खाने र बस्ने प्रवन्ध मिलाउने गरेको उनले बताएका छन्।

यसैबीच,पथरीशनिश्चरे नगरपालिकाले पनि पैदल यात्री वानियाका लागि आज वेलुकीको खाना तथा आवास र भोलि विहानको खाजा नास्ता समेत सम्पुर्ण प्रवन्ध मिलाईएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here