पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे-२ पारुहाङ टोल स्थित भित्री सडक खण्डमा बस्ने आनन राईको छोरी वर्ष ४ की सिहाङ राईले कुर्कुरे किन्न गई पैदल बाटो काट्ने क्रममा सिटी सफारीले ठक्कर दिएर मृत्यु भएको छ।
मंगलबार अपराह्न ३:१५ बजे पथरीशनिश्चरे – २ पारुहाङ टोलस्थित भित्री सडक खण्डमा सोहि ठाँउका आनन राईको ४ वर्षे छोरी सिहाङ राईले पैदल बाटो क्रस गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको प्र. १-०२-००३ ह ५८३ नं. को सिटी सफारीले ठक्कर दिई ज्यान लिएको हो।
उक्त दुर्घटनामा निज बालिका सिहाङ राई गम्भिर घाईते भई उपचारको लागि विराट नर्सिङ होम विराटनगरतर्फ पठाईएको थियो। गंभीर घाईते भएकी बालिका सिहाङ राईको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा हिजै वेलुकी १७३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा घाईते भएका सफारी चालक पथरीशनिश्चरे -१० बस्ने वर्ष ४८ का मन बहादुर तामाङको बाँया खुट्टामा गहिरो चोट र सोही सिटिसफारीमा पछाडी सवार पथरीशनिश्चरे न.पा. १ बस्ने वर्ष १५ की आरसिया भट्टराईको शरीरको विभिन्न भागमा चोट लागेको थियो ।
उनीहरू दुवै जनालाई मोरङ अस्पताल पथरीमा उपचार पछि सिटी सफारी सहित सफारी चालक तामाङलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक( डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभएको छ ।





























