आगलागीबाट २० लाख २५ हजारको क्षति

0
199

बनियानी, 

झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा आज बिहान आगलागी हुँदा रू २० लाख २५ हजार बराबरको क्षति भएको छ ।

झापा–५ सिमलडाँगीका अब्दुल करिम अलीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अलीसहित छ जनाको घर जल्दा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

आगलागीबाट अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट हुँदा रू तीन लाख बराबरको क्षति भएको छ ।

त्यस्तै आगलागीबाट अबदुल जुलास अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र सबै सामान जल्दा रू तीन लाख, अमोर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर रू दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै अनावर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा रु तीन लाख ५० हजार, इस्माइल अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा रू तीन लाख ७५ हजार र समित अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर तथा घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा रू चार लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here