अबैध समान बरामद

0
263

बिराटनगर ।

झापाको काँकरभिट्टा र मोरङको बिराटनगर–१५ स्थितबाट प्रहरीले अबैध भन्सार छलीका समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थितबाट अवैधरुपमा नेपालबाट भारत तर्फ लादै गरेको १२० किलोग्राम सुपारी बरामद गरेको छ ।

उता इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ रानी बसपार्क स्थितबाट अवैधरुपमा भन्सार छलि लुकाई छिपाई नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ६२ हजार मुल्य बरावरको रेडिमेड कपडा बरामद गरी आवश्यक कानुनि कारवाहीको लागि रानी भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here