झापा, मारवाडी युवा मञ्चले नेपाल तथा भारतका नागरिकलाई लक्षित गर्दै कृतिम खुट्टा बितरणको तायारी थालेको छ ।
भारतस्थित सिलिगुडी शाखाको आयोजनामा नेपाल तथा भारतका नागरिकलाई लक्षित गर्दै कृतिम खुट्टा बितरणको तायारी शुरु गरेको मारवाडी युवा मञ्च बिर्तामोडमा पूर्व महासचिव प्रविण अग्रवालले जानकारी दिए ।
मारवाडी युवा मञ्चले अगष्ट २० देखि २३ सम्म अर्थात भदौ ४ देखि ७ गतेसम्म तीन दिने विशेष कार्यक्रमकाबीच कृतिम खुट्टा बितरण गरिने अग्रवालको भनाई छ ।
झापा सहित नेपालका कृतिम खुट्टा चाहिनेहरुले आफूलाई सम्पर्क गर्न सक्ने बताउँदै उनले आफ्नो मोवाइल नम्वर ९८०१४००००५ समेत सार्वजनिक गरेका छन् । उनले नेपालीहरुका लागि मात्रै २०० वढी खुट्टा वितरणको तयारी गरिएको बताएका छन् ।
जसका लागि साउन २७ गतेसम्म आफ्नो नाम दर्ता गराउन उनले सबैमाझ आग्रह गरेका छन् । नाम फोनबाट समेत दर्ता गराउन सक्ने बताइएको छ ।
उता भारतका लागि मनिष बजाज,दिपेश मुरारका, आर्दश कान्दोई र सीए गणेश जिन्दललाई सम्पर्क गर्न सकिने बताइएको छ ।
शिविरमा दुई हजार भन्दा बढी कृतिक खुट्टा बाढ्ने तयारी गरिएको बताएको छ ।
मारवाडी युवा मञ्चले सिलगडीस्थित राष्टिय मारवाडी फाउण्डेशनको सभाहलमा कार्यक्रम आयोजना गर्ने बताइन्छ ।































