रोटट्रयाक क्लब अफ सुरुङ्गाको प्रसाद वितरण कार्यक्रम

0
456

बिर्तामोड ।

भक्तजनसंग रोट्रयाक्टर कार्यक्रम अन्र्तगत रोटट्रयाक क्लब अफ सुरुङ्गाले प्रसाद वितरण शुरु गरेको छ । साउन महिनाको हरेक सोमबार धनुकोटी धाममा भक्तजनलाई प्रसाद वितरण गर्न शुरु गरिएको रोटट्रयाक क्लब अफ सुरुङ्गाका अध्यक्ष रोशन साहले जानकारी दिए ।

रोटट्रयाक क्लब अफ सुरुङ्गाले ब्यक्तित्व विकास, नेतृत्व विकास लगायतका विभिन्न सामाजिक काम गर्दै आएकाृे छ । यस साउन महिनामा विभिन्न तिर्थ स्थलमा भक्तजनहरुलाई सेवा भावले पानी तथा फलफुल वितरण गरिदै आएको बताइएको छ ।

प्रसाद वितरण कार्यक्रम साउन महिनाको पाँच वटै सोमबार धनुषकोटी लगायतका धार्मिक स्थलमा आयोजना गरिने अध्यक्ष साहले बताए । उक्त कार्यक्रमको संयोजन प्रोफेसनल डेभ्लोपमेन्ट असफिसर कमल न्यौपानेले गरेका थिए ।

कार्यक्रममा पुनम बस्नेत, सविन खरेल, दिक्षा नाखम, मेघा कारक कञ्चन साह, निसान संग्रौला, अभिशेक मिश्र, गंगा दाहाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रोटट्रयाक क्लब अफ सुरुङ्गाकी सचिव सारिक गिरीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here