मदन भण्डारी अस्पतालमा नर्स र डाक्टर फिर्ता भएपछि उपचारमा थप समस्या

६ श्रावण २०७९, शुक्रबार मा प्रकाशित

छविराज ढकाल/ पथरीशनिश्चरे,

उर्लाबारी नगरपालिकाले मोरङको उर्लाबारी -३ मंगलबारेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा रही काम गरिरहेका ४ जना नर्सलाई फिर्ता लैजाने निणर्य गरेसंगै अस्पतालमा बिरामीको उपचारमा थप समस्या उत्पन्न भएको छ ।

नगरपालिका मतहत रहेका ४ जना स्टाफ नर्सलाई उर्लाबारी नगरपालिकाले फिर्ता लैजाने निणर्य गरेपछि विमारी को उपचारका लागि समस्या देखिएको हो । उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर खड्ग फागोको नेतृत्वले नगरपालिकाको तर्फबाट सेवाग्राहीको सहजताका लागि ४ जना स्टाफ नर्स मदन भण्डारी अस्पतालका लागि व्यवस्थापन गरिदिएको थियो।

चारै जना नर्स फिर्ता लैजाने निणर्य भए पछि अस्पतालको सेवा प्रभावित बन्ने भन्दै सो निणर्यलाई पूर्नविचार गरिदिन अस्पताल व्यवस्थापन समितिले नगरपालिकासमक्ष अनुरोध समेत गरेको छ । हाल ट्रमा सेन्टर डाक्टर विहिन भएको छ ।

यसैगरी, प्रदेश-१ सरकार मातहत रहेका अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत फिजिसियन डाक्टर कुशल बस्तीलाई पनि प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कोशी कोभिड अस्पतालमा हाजिर हुन भने पनि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरको सेवा प्रभावित बनेको छ ।

अस्पतालमा दिनहुँ आउने सयौँ विरामीले सास्ती खेप्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. रविकुमार शाह बताउनुहुन्छ । उहां अगाडि थप्नु हुन्छ – “अस्पतालमा कार्यरत डाक्टरलाई प्रदेश सरकारले वोलायो। ४ जना स्टाप नर्सलाई पनि नगरपालिकाले फिर्ता लग्यो । अव विरामीलाई सेवा कसरी दिने सकसमा छौँ।”

हाल प्रदेश सरकारले डाक्टर र नगरपालिकाले स्टाप नर्स फिर्ता बोलाएसंगै अस्पतालमा धाउने सुगर, प्रेसर, दम, मुटुरोगी र अप्रेसन गर्नु पर्ने विरामीहरुको उपचार नगरी रेफर गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here